प्राइम बैंकले कति प्रस्ताव गर्यो बोनस ?

Nov 13, 2017 Merolagani

प्राइम कमर्शियल बैंक (PCBL) ले गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीलाई राष्ट्र बैंकले ताके अनुरुप ८ अर्ब पुग्नेगरी बोनस प्रस्ताव गरेको छ । मर्जरका कारण कर छुट पाएको बैंकले लगानीकर्ताको थाप्लोमा कर बोकाउने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको हो । उसले नगद लाभांश प्रस्ताव गरेको छैन । बिराटलक्ष्मी र कन्ट्री डेभलपमेण्ट बैंकलाई विलय गराएको बैंकले बोनस सेयरमा लाग्ने कर सेयरधनीको थाप्लामा राखिदिन लागेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।