समीट माईक्रोले मंसिर १८ गते लिलामी सेयरको बोलपत्र खुला गर्ने

Dec 01, 2017 Merolagani

समीट माइक्रोफाइनान्स (SMFDB) ले मंसीर ४ गते देखि लिलामीमा ल्याएको लिलामी सेयरको शिलबन्दी बोलपत्र मंसिर १८ गते खुला गर्ने भएको छ । बोलपत्र सोमबार दिउँसौ ३ बजे विक्री प्रबन्धक सानीमा क्यापिटल नारायणचौर नक्सालमा खुला गर्न लागिएको हो ।

समीटले संस्थापक समूहको २२ हजार ४६७ कित्ता र सर्वसाधारण समूहको ४ हजार ८२ कित्ता सेयर गरि कुल २६ हजार ५४९ कित्ता सेयर मंसिर ११ गतेसम्म लिलामीमा राखेको थियो । 

गत भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म शतप्रतिशत हकप्रद जारी गर्दा अवितरित सो परिमाणको सेयर विक्री नभएपछि लघुवित्तले लिलामीमा ल्याएको हो ।

७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले गत आर्थिक बर्षको कमाइबाट ४३.४८ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । बोनसपछि लघुवित्तको पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा लघुवित्तले ८२ लाख पाँच हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४२ रुपैयाँ २७ पैसा कायम गरेको छ । जसको सेयर आईतबार प्रतिकित्ता १७५० रुपैयाँमा कारोबार भएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।