नेशनल माइक्राेको खुद नाफा १४ लाख बढ्यो

Jan 31, 2018 Merolagani

नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा गत वर्षको सोही अवधिको तुलनामा झण्डै चार प्रतिशतले खुद मुनाफा बढाएको छ । गत आवको यस अवधिको तुलनामा लघुवित्तले १४ लाख रुपैयाँ बढी मुनाफा गरेको हो । 

गत अवमा तीन करोड ७७ लाख खुद नाफा गरेको यस माइक्रोफाइनान्सले यस अवधिमा तीन करोड ९१ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ । 

१२ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडा कोषमा १२ करोड ४७ लाख रुपैयाँ राखेको छ । निक्षेप ४९ करोड ७१ लाख रुपैयाँ संकलन गरेको कम्पनीले एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

यस माइक्रोफाइनान्सले गत आवको तुलनामा यस अवधिमा ब्याज आम्दानीमा नौ करोड ४८ लाखबाट १६ करोड १५ लाख रुपैँयाँ पु¥याएको छ । गत वर्षको तुलनामा यो ७०.३९ प्रतिशतले बढी हो । त्यसको साथै ब्याज खर्चमा भने दुई करोड ८५ लाखबाट ८२ करोड १७ लाख रुपैँयाँ पुगेको छ । जसका कारण खुद ब्याज आम्दानी छ करोड ६२ लाखबाट सात करोड ९३ लाख रुपैँयाँ पुगेको छ ।

अन्य सञ्चालन खर्च सामान्य बढेपनि कर्मचारी खर्चमा एक करोड २८ लाखले बढेपछि कम्पनीको खुद नाफा अपेक्षित बढ्न सकेको छैन । निष्कृय कर्जा अनुपात बढेपछि कम्पनीको जोखिम व्यवस्था ६२ लाख रुपैयाँ बढेको छ ।

धादिङमा प्रधान कार्यालय रहेकाे माइक्रोफाइनान्सको निष्कृय कर्जा ०.९१ प्रतिशत छ । प्रतिशेयर आम्दानी वार्षिक ६५.३३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४२.०६ गुणा र तरलता अनुपात २४.२८ प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।