पूँजी वृद्धि स्थिर रहँदा रुरल माइक्रोको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ बढ्यो

Feb 08, 2018 Merolagani

धेरै लघुवित्त कम्पनीहरुले पूँजीवृद्धिको अनुपातमा कमाइ बढाउन नसकिरहेको बेला पूँजी वृद्धिलाई प्राथमिकतामा नराखेको रुरल माइक्रोफाइनान्स (RMDC) ले सबै वित्तीय सूचाङ्कमा आशालाग्दो प्रगति गरेको छ । उसको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ८३ पैसाले वृद्धि भएर ३० रुपैयाँ ८७ पैसा पुगेको छ ।

थोक लघुवित्त कर्जा प्रदान गर्ने लघुवित्तले गत आर्थिक बर्षमा पाँच प्रतिशत बोनस वितरण गरेर ७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको छ । यस अवधिमा उसको जगेडा कोष ८ प्रतिशतले बढेर एक अर्ब २८ करोड रुपैयाँ पुगेको छ । 

समिक्षा अवधिमा कम्पनीले खुद नाफा ८ करोड ६६ लाखबाट दुई करोड ५५ लाखले वृद्धि गरेर ११ करोड २१ लाख पुर्याएको छ । कम्पनीको खुद नाफा साढे २९ प्रतिशतले बढेको छ । लघुवित्तले कर्जा लगानी पाँच अर्ब ३३ करोडबाट १५ प्रतिशतले बढाएर ६ अर्ब १४ करोड रुपैयाँ परिचालन गरेको छ ।

निष्कृय कर्जा अनुपात उल्लेख्य घटाउँदा प्रभोजिन रकम घटेको छ भने सञ्चालन नाफा चार करोडले बढेर १७ करोड ६२ लाख पुगेको छ । कर्मचारी खर्च २४ लाख तथा अन्य सञ्चालन खर्च ९ लाख बढीले कटौती गर्दा नाफा बढाउन उल्लेख्य सहयोग पुगेको देखिन्छ ।

लघुवित्त कम्पनीको प्रतिसेयर नेटवर्थ २७७ रुपैयाँ ३६ पैसा, र मूल्य आम्दानी अनुपात २१ गुणा मात्र बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।