सर्पोट माईक्रोको प्रतिसेयर आम्दानी दुई रुपैयाँ २४ पैसामा झर्याे

Feb 01, 2018 Merolagani

लघुवित्त कम्पनीहरुले मनग्य आम्दानी गरेर प्रतिफल दिन्छन् भन्ने भ्रमलाई सर्पोट माईक्रोफाइनान्स (SMFBL) ले पुष्टि गरिदिएको छ । लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९८ पैसाबाट दुई रुपैयाँ २४ पैसामा झरेको छ ।

 

गत असोजमा एक करोड ८० लाखको आईपिओ जारी गरि बाँडफाँड गरेको कम्पनीले ऋणात्मक जगेडा कोषलाई धनात्मक बनाएपनि खुद नाफा भने १४ लाखबाट आठ लाख घटेर ६ लाखमा झरेको हाे ।

आईपिओ जारीपश्चात लघुवित्तको चुक्ता पूँजी चार करोड २० लाखबाट ६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले चार करोड ६६ लाख निक्षेप संकलन गरि ३५ करोड ४५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समिक्षा अवधिमा दुई करोड ६८ लाख व्याज आम्दानी गर्दा लघुवित्तले एक करोड ६२ लाख खर्च गरेको छ । यसबाट खुद व्याज आम्दानी बढेर एक करोड पाँच लाख पुगेपनि कर्मचारी खर्च दोब्बर बढेपछि र कर्जा नोक्सानी व्यवस्था बढ्दा नाफा घटेको हो ।

निष्कृय कर्जा अनुपात १.५३ प्रतिशतमा बढेपछि संम्भावित कर्जा नोक्सानी कोष ३० लाख बढेर ४१ लाख ९८ हजार पुगेको छ । अन्य सञ्चालन खर्च कटौतीमा भने कम्पनी सफल छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ६९ पैसा, निक्षेप लागत ११.४५ प्रतिशत र पूँजी कोष १७.१० प्रतिशत रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।