१६० प्रतिशत हकप्रद बिक्री गर्न लागेकोे प्राइम लाइफको आशालाग्दो प्रगति

Feb 07, 2018 merolagani

१६० प्रतिशत हकप्रद बिक्री गर्ने क्रममा रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विगतको भन्दा केही आशा लाग्दो वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार वीमा शुल्क आर्जनका साथै बीमाकोषको आकार र नाफामा समेत बढोत्तरी आएको छ ।

 

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनकोे यसअवधिमा बीमा शुल्क आर्जन समेत बढेछ । गतबर्षको पुष मसान्तसम्म ८४ करोड २४ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु बर्षको पुष मसान्तसम्म एक अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जैन मात्रै ९३ करोड ३५ लाख छ ।

कम्पनीले यसअवधिमा १५ करोड ५६ लाख दाबी भुक्तानी गरेको छ । गतबर्षको यसै अवधिमा १४ करोड १५ लाख दाबी भुक्तानी गरेको थियो । कम्पनीले यसअवधिमा ५१ वटा बीमा लेखको एक करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको जगेडाकोषमा ९ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब ५७ करोड तथा महाविपत्ती कोषमा ८२ करोड रुपैयाँ रहेको छ । कम्पनीले गतबर्षको यसैअवधिको तुलनामा जगेडाकोष, जीवन बीमा कोष र महाविपत्तीकोषको रकम उल्लेखीय रुपमा बढाएको छ ।

यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७ट पैसा, मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

 प्राइम लाइफले १६० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै गत कात्तिक २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । जीवन बिमा कम्पनीले बीमा समितिको निर्देशन अनुसार २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भएपछि प्राइमले हकप्रदको बाटो रोजेको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।