सेञ्चुरी र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Apr 09, 2018 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL)  र रिलायन्स लाइफ इन्स्योरेन्स बीच चैत २२ गते बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुलीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । 

बैंकले १११ स्थानबाट बैंकिङ्ग कारोबार सञ्चालन गरिरहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउण्टर तथा उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।