आरएसडिसी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन

Sep 10, 2018 Merolagani

आरएसडिसी लघुवित्त (RSDC) ले लिलामीमा ल्याएको २ लाख ९१ हजार ४९० कित्ता शेयरमा बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन रहेको छ । लघुवित्त कम्पनीले भदौ १८ गतेदेखि २ लाख ६ हजार २२७ संस्थापक र ८५ हजार २६३ कित्ता सर्वसाधारण शेयर लिलामीमा ल्याएको छ ।

लिलामीको शेयरमा संस्थाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटका साथै ललितपुर, पोखरा, बुटवल, विरगन्ज, विराटनगर, नेपाल इन्भेष्टेमन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ, धनगढी र आरएसडिसी लघुवित्तको बुटवल कार्यालयबाट सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिने छ ।

शेयर आवेदन दिदाँ सर्वसाधारण तर्फको लागि कम्तिमा एक सय कित्ता र संस्थापकको लागि एक हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद जारी गरेको थियो । सो समयमा अवितरित भएको सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याइएको हो ।

लघुवित्तको सेयरमूल्य सोमबार प्रतिकित्ता ४९२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।