आँखुखोलाको आईपिओ तपाईलाई १० कित्ता पर्यो कि २० कित्ता ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

Oct 28, 2018 Merolagani

आँखुखोला हाइड्रोपावर (AKHCL) ले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा जारी गरेको आईपिओ अाइतबार बाँडफाँड भएको छ । कम्पनीको शेयर ४७ हजार ४०० जना आवदेकले २० कित्ताको दरले प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले निष्काशन गरेकाे कूल १३ लाख ७६ हजार २० कित्ता आईपिओमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

कर्मचारीहरुबाट २७ हजार ४६१ कित्ता अवितरित भएपछि सर्वसाधारणमा १३ लाख ७ हजार १६० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

आँखुखोला हाइड्रोपावरको अार्इपिअाे नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी (आँखुखोला हाइड्रोपावर ) कम्पनी छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा अाफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।

 

 

आवेदनमा भएको त्रुटीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ताको आवेदन रद्ध भएको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा ८३ हजार ३१६ जना लगानीकताबाट ४.४३ गुणा बढी आवेदन परेको थियो ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको साधारण शेयर पश्चात ८० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।