सानिमा बैंकको १४% लाभांश बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउने

Nov 29, 2018 Merolagani

सानिमा बैंक (SANIMA) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश र साधारण सभा प्रयोजनको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्ने भएकाले मंसिर १३ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

बुधबार बैंकको शेयर प्रतिकित्ता ३२२ रुपैयाँमा कारोबार भएको छ ।

सानिमा बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग काठमाडौंमा मंसिर २७ गते बिहीबार बिहान १० बजे चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो को प्रयोजनको लागि बैंकले शुक्रबार बुक क्लोज गर्दैछ ।

सधारण सभाबाट सानिमाले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्ने वा प्राप्ती तथा बैंकको सेवालाई विस्तारित बनाउन शेयर ब्रोकरेज सेवा प्रदान गर्ने प्रस्ताव राखेको छ ।

सानिमा बैंक शेयर ब्रोकरेज सेवा दिन अग्रसर, मर्जर जोडीकाे पनि खोजी गर्ने

त्यस्तै आवश्यकता अनुसार बण्ड,ऋणपत्र जारी गरि पूँजी परिचालन गर्नसक्ने व्यवस्था थप गर्ने, १४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचन गर्नेछ ।

हाल सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ। बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ४६ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ ।

सानिमा बैंकले तोक्यो बुकक्लोज, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् १४ प्रतिशत नगद लाभांश ?

सानिमा बैंकको 'थ्रि इन वान' एकाउन्टबाट यसरी हुन्छ अनलाइनबाट शेयर कारोबार

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।