वर्ल्ड मर्चेण्टको समृद्धि फाइनान्सको नामबाट कारोबार सुरु, पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने

Nov 11, 2019 11:55 AM Merolagani

वर्ल्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले कार्तिक २५ गते सोमबारदेखि समृद्धि फाइनान्स (SFCL) को नामबाट कारोबार सुरु गरेको छ। एक कार्यक्रमका बीच राष्ट बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले औपचारीक रुपमा फाइनान्सको कारोबार समुद्घाटन गरेका हुन्। 

नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त मुक्त भएपनि नयाँ समूहले लिएको फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

मकवानपुरमा केन्द्रीय कार्यालय रहेको फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख रुपैयाँ छ। राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पुर्याउन फाइनान्सलाई अझै ६१ करोड ८१ लाख रुपैयाँ आवश्यक पर्छ। केन्द्रीय बैंकले फाइनान्स कम्पनीलाई न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनुपर्ने व्यवस्था गरेको छ।

आवश्यक पूँजी जुटाउन फाइनान्सले हकप्रदको बाटो रोज्ने भएको छ। नियामक निकायबाट हकप्रद निष्काशनको लागि स्वीकृति प्राप्त भइसकेकाले छिट्टै नै हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ।

संस्थाले व्यवसाय विस्तारको लागि समेत नियामक निकायबाट स्विकृति लिई नयाँ शाखा विस्तार गर्ने योजना बनाउको छ।

फाइनान्सले संस्थाको दिगो वृद्धि र लगानीकर्तालाई छिटोभन्दा छिटो उचित प्रतिफल प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।

कम्पनीको असार २१ गते सम्पन्न सोह्रौं र सत्रौं वार्षिक साधारण सभाले साविकको वर्ल्ड मर्चेण्टको नामबाट भए गरेको र हुने सम्पूर्ण कारोबारहरु परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट हुने र भए गरेको मानिने गरी नाम परिवर्तन गरेको थियो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।