प्रि ओपन सेसन अपडेटः करिब १७ अंक बढ्यो नेप्से

Mar 05, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७.७० अंक बढेर २०७८.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३ हजार ५७९ रुपैयाँ ७० पैसाबराबरको १ लाख ७ हजार २२५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३९ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।