अब सरकारी कर्मचारीले पनि शेयर किन्न पाउने

Mar 05, 2024 12:15 PM Merolagani



अब निजामती कर्मचारीहरूले शेयर बजारमा काराेबार गर्न पाउने भएका छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति दिइएकाे छ । 

कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । यस वयवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पाउने छैनन् ।

यद्धपी खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने पाउनेछन् ।

यसैगरी, उक्त व्यवस्थामा कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने उल्लेख गरिएकाे छ ।

यस्तै, कर्मचारीहरुले राजनीतिमा दलमा आवद्ध हुन , सरकारको आलोचना गर्न, बन्द हड्ताल गर्न, अन्यत्र काम गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार चन्दा लगायत लिन र सापटी समेत लिन नपाइने भएकाे छ ।

निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सन्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पनि समेत नपाइने पनि संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ उल्लेख गरिएकाे छ ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।