अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै सिंगटी हाइड्रो

Mar 15, 2024 06:47 AM Merolagani



सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयरमा चैत १२ गतेदेखि २० गतेसम्म इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।