मर्जर र बोनस शेयर दिँदा पनि चुक्ता पुँजी नपुगेपछि धमाधम हकप्रद निष्काशन गर्दै बीमा कम्पनी

Mar 17, 2024 12:12 PM MeroLagani

मर्जर र बोनस शेयर घोषणाले पनि नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी नपुगेपछि बीमा कम्पनीहरु धमाधम हकप्रद शेयर घोषणामा लागेका छन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गत आर्थिक वर्षकाे असार मसान्तसम्मको समय दिएको थियो ।

सो अवधिमा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेसनल लाइफ र हिमालयन लाइफले मात्रै प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याएका छन् । यसैगरी, निर्जीवन बीमा कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरनस, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले चुक्ता पुँजी पुर्याइसकेका छन्।

जीवन बीमातर्फ नेपाल लाइफ र नेसनल लाइफले बोनस शेयर नै दिएर प्राधिकरणले तोकेको पुँजी पुर्याएका थिए भने हिमालयन लाइफमा भने प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स मर्ज गरेर चुक्ता पुँजी पुर्याएको थियो ।

निर्जीवन बीमातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर गरेर नै चुक्ता पुँजी पुर्याएका थिए । शिखर इन्स्योरेन्सले मात्रै बोनस शेयरकै बलमा नियामकले तोकेको चुक्ता पुँजी पुर्याएकाे थियाे ।

भारतीय लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले चुक्ता पुँजीको ८८ दशमलब ४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बीमा प्राधिकरणले मर्जरमा नगएका कम्पनीहरुलाई ३० प्रतिशतभन्दा बढी हकप्रद शेयर निष्काशन गर्न नदिने नीति लिए पछि विदेशी लगानी रहेको लाइफ इन्स्योरेन्सको सवालमा भने प्राधिकरण लचिलो भएको थियो । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद शेयर माग गर्दै सेबोनमा आवेदन दिएको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफमध्ये महालक्ष्मी लाइफले अहिलेसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन ।

एसियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीलाई ८ दशमलब १५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरपछि कायम रहेको चुक्ता पुँजीमा कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

 त्यसैगरी नेसनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको रुपमा स्थापित एनएलजी इन्स्योरेन्सले १० बराबर ६.६ को अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । स्थापित कम्पनीको सहायक कम्पनी भएको नाताले एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको प्राधिकरणका अधिकारीले बताउँदै आएका छन् ।

निर्जीवन बीमातर्फ अझै युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले तोकिएको चुक्ता पुँजी कसरी पुर्याउने हो, स्पष्ट खुलाएको छैन ।

त्यसैगरी हालै मात्र सानिमा जीआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी चैत्र २९ गते हुने साधारण सभामा कम्पनीले सो प्रस्ताव गरेको हो ।

त्यसैगरी हालै मात्रै प्रिमियममा आइपीओ जारी गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले २३ दशलब ८ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर जारी गरेपछि कायम रहेको चुक्ता पुँजीमा २७ प्रतिशत हकप्रद दिने प्रस्ताव सञ्चालक समिति बैठकले पारित गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।