प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Apr 01, 2024 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १७.३० अंक घटेर २०१८.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१६ अंक घटेर २०१७.१७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४० स्टकको १८ लाख ३५ हजार ७५२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ७२४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।