शेयर बजारमा विश्वासको कमी, लगानीकाे वातावरण सुनिश्चित भए बजारले सकारात्मक गति समाउने

Apr 03, 2024 11:18 AM Merolagani

सुधा देवकाेटा

पछिल्लो समय शेयर बजार निरन्तर रुपमा घटेको छ । लगानीकर्तामा चरम निराशा छाउदा शेयर बजारले निरन्तर ओरालो गति समाएको हो ।

शेयर बजार विगत ३२ महिनादेखि उठ्न सकिरहेको छैन । उच्च विन्दुबाट अहिलेको विन्दुसम्म झर्दै गर्दा धेरै नोक्सानी बेहोर्नु परेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् ।

नयाँ गठबन्धन पछि बनेका अर्थमन्त्री वर्षमान पुनले शेयर बजारको विषयमा सकारात्मक धारणा राखेका थिए । सोहि अनुसार बजारमा विस्तारै माहोल सकारात्मक बन्दै गर्यो । बजार विस्तार हुने र बजारले गति समाउने प्रति लगानीकर्ता विश्वस्त भए । उद्यपि लगानीकर्तामा उक्त आशा धेरै समय टिक्न सकेन र पुनः बजार १९ सयको विन्दु तर्फ डोरिएको छ । यो अवस्थामा बजारमा अरु केही नभएर विश्वासको कमी भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।

'बजार लामो समयदेखि साइड वेजमा चलेको छ । बजार बढ्ने राम्रो संकेत नपाएकै कारण लगानीकर्ताहरु बाध्यताले कारोबारी बन्न परेको छ । बजार बढ्ने दरिलो कारण नपाएकै कारणले गर्दा लगानीकर्ताहरुले सर्टटम लगानी गरेर बजारमा टिक्ने प्रयास गरेका छन्,' ढकालले भने ।

चैत मसान्तकाे प्रभाव र नीतीगत अस्थिरताले बजार बढ्नमा असर पारेकाे लगानीकर्ता रमा खड्काले बताइन् । 'बजार घट्बढ हुनु सामान्य प्रकृया हो । बजार लामो समयदेखि घटाइले मात्रै लगानीकर्ता निराश भएका हुन् । अहिलेको बजारमा धेरै कुराले प्रभाव पारेको छ । बजारलाई अप्ठेरो पार्ने नीतिहरु कायमै छन् । बजारमा लगानीकर्ता विश्वास कमजोर बनेको छ । बजार प्रति लगानीकर्ताको विश्वास बढाउन सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । अर्को तर्फ अहिले बजारमा चैत मसान्तको दबाव परेको छ, त्यसैले पनि बजार बढ्न नसकेको हाे,' उनले भनिन्।

केही लगानीकर्ताले अहिलेको समयको भरपुर फाइदा उठाएकाे लगानीकर्ता खड्काले बताइन् । 'शेयर बजारमा सस्तो मूल्यमा शेयर एकुमुलेस भइरहेको छ । राम्रा र दरिला कम्पनीको शेयर मूल्य घटेर नेटवर्थ भन्दा तल्लो विन्दुमा आउँदा अहिले धेरै लगानीकर्ताले शेयर छानी छानी एकुमुलेसन गरेका छन्,' उनले भनिन ।

उच्च विन्दुबाट कति झर्यो बजार ?

अहिलेको बजारलाई हेर्दा बजार बढ्न मानिरहेको छैन । यद्यपि लगानीकर्तामा बजार फर्कने विश्वास कायम नै छ । अहिले लगानीकर्ताहरुले उच्च विन्दुबाट सबै भन्दा धेरै घटेका र राम्रा कम्पनीको छनोट गरी लगानी रणनीति बनाएकाे लगानीकर्ताहरु बताउछन् । पछिल्लो ५२ हप्तामा सूचकलाई हेर्दा बजार लामो अवधिको साईडवेजमा चलेको देखिन्छ ।

नेपाल स्टकमा रहेका १३ वटा उपसमूहको सूचक सबै नकारात्मक छन् । यस अवधिमा सबै भन्दा धेरै बैकिङ उपसमूह घटेको देखिन्छ । यस अवधिमा बैकिङ समूह २३.३१ प्रतिशतले झरेको छ भने जीवन बीमा समूह पनि झन्डै २०.३८ प्रतिशतले घटेको छ । होटल तथा टुरिजम १५.११ प्रतिशत, लगानी समूह ११.११ प्रतिशत र निर्जीवन बीमा ११.४६ प्रतिशतले घटेको देखिन्छ ।

त्यसैगरी, हाईड्रोपावर र  व्यापार  उपसमूह १० प्रतिशत भन्दा धेरैले घटेको छ । माईक्रोफाइनान्स ९ प्रतिशत, विकास बैंक ८.६२ प्रतिशत, फाइनान्स ५ प्रतिशत र म्यूच्यूयल फण्ड ४.४५ प्रतिशतले घटेको छ ।  यस अवधिमा उत्पादन तथा प्रसोधन उप समूहको सूचकमा खासै दबाव परेको देखिदैन । यसै वर्ष यस समुहमा तीन बटा कम्पनी सूचीकृत हुँदा पनि यस समूहकाे सूचक सन्तुलन देखिएको हुन सक्ने लगानीकर्ताहरुको बुझाई छ ।

कुन समूहको कुन कम्पनी सर्वाधिक घट्यो ?

शेयर बजारमा लगानी विविधिकरणमा लगानीकर्ताले जोड दिने गरेको पाइन्छ । यसैगरी अहिले शेयर एकुमुलेसन गर्दा कुन समूहको कुन शेयर सर्वाधिक घटेको छ भन्ने कुरालाई लगानीकर्ताहरुले जोड दिने गरेका छन् ।

एक वर्षको अन्तरालमा १० सवार्धिक घट्ने कम्पनीहरुमा होटल तथा टुरिजम समुहको चन्द्रागिरी हिल्सको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । एक वर्ष पहिले एक हजार ४७० रुपैयाँ कायम भएको कम्पनीको शेयर ४४.०१ प्रतिशतले घटेर ८२३ रुपैयाँमा झरेको छ ।

 त्यसैगरी हाईड्रो समूहको चारवटा कम्पनी परेका छन् । जसमा अपर तामाकोशी हाईड्रोपावर, मैलुङ हाईड्रोपावर, शुभम् पावर र लिवर्टी इनर्जी कम्पनी  छन् । जस मध्येमा पनि सबैभन्दा धेरै अपर तामाकोशी हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयर मूल्य ४३.१७ प्रतिशतले घटेको हो ।

बैकिङ समूहमा एनआईसी एशिया बैंक र नबिल बैंकको शेयर सबै भन्दा धैरै घटेको छ । एक वर्षको अन्तरालमा एनआईसी एशिया बैंककाे शेयर मूल्य  ३६.१६ प्रतिशतले घटेको छ भने नबिल बैंकको शेयर मूल्य ३२.८२प्रतिशतले झरेको छ ।

त्यसैगरी, माईक्रोफाइनान्स समूहको जल्पा सामुदायिक लघुवित्त र उत्पादन तथा प्रशोधन समूहको हिमालयन डिस्टिलरी र फाइनान्स समूहको प्रोग्रेसिभ फाईनान्सको शेयर सबै भन्दा धेरै प्रतिशतले घटेको छ ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।