कर तिर्न छाडेपछि पाकिस्तान टांट पल्टिने अवस्थामा, पेट्रोलको मूल्यमा भारी वृद्धि

Apr 02, 2024 02:23 PM Merolagani



पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले देश टांट पल्टिने अवस्थामा रहेकाे बताएका छन् ।  कर छलीको कारण आर्थिक संकट भएकाे उनकाे भनाइ छ ।

रक्षामन्त्रीका अनुसार खुद्रा र थोक बिक्रेताले कर तिर्न छाडेका कारण पाकिस्तानको आर्थिक संकटमा फसेकाे हाे ।

पाकिस्तानमा पेट्रोलको मूल्यमा भारी वृद्धि 

अचम्म पार्ने मुद्रास्फीतिको बीचमा पाकिस्तानको शाहबाज शरीफ सरकारले पेट्रोलको मूल्यमा भारी वृद्धि गरेको छ । नवनिर्वाचित सरकारले अर्को पन्ध्र साताका लागि पेट्रोलको मूल्य प्रतिलिटर पाकिस्तानी रुपैयाँ ९.६६ ले बढेर २८९.४१ रुपैयाँ पुगेको छ । इदअघि अर्थ मन्त्रालयले यो वृद्धि गरेको हो ।

यसैगरी, हाईस्पीड डिजेल ३.३२ रुपैयाँले घटेर २८२.२४ पाकिस्तानी रुपैयाँमा झरेको छ । नयाँ दर पनि लागू भएको छ ।

मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय मूल्यमा भएको वृद्धि ?

पाकिस्तानी मिडिया ‘द डन’का अनुसार सरकारले देशमा पेट्रोलको मूल्य बढ्नुको कारण अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलको मूल्य बढेको बताएको छ । वास्तवमा, सरकारले हरेक १५ दिनमा इन्धनको मूल्यको समीक्षा गर्छ र तेलको विश्वव्यापी मूल्य र स्थानीय मुद्राको विनिमय दरमा हुने उतार चढावका आधारमा बढाउँछ वा घटाउँछ।

मध्यम वर्गिय प्रभावित हुने

पेट्रोल प्रायः निजी यातायात र साना सवारी साधनहरूमा प्रयोग गरिन्छ। जसका कारण मूल्यवृद्धिको प्रत्यक्ष असर पाकिस्तानका मध्यम वर्गिय र तल्लो वर्गियका नागरिकमा पर्ने देखिएकाे छ । साेहि समयमा, डिजेल यातायात, रेल, ट्रक, बसमा प्रयोग हुने सवारी साधनहरूमा प्रयोग गरिन्छ। यसरी ढुवानी भाडा बढेसँगै अन्य सामानको मूल्य पनि बढ्नेछ । यसको मार मध्यम र तल्लो वर्गले पनि भोग्नु पर्नेछ ।

सरकारले पेट्रोलमा प्रतिलिटर ६० रुपैयाँ कर लिँदै

पाकिस्तानी मिडिया ‘द डन’का अनुसार सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ६० रुपैयाँ कर लिइरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको सम्झौता अनुसार सरकारले चालु आर्थिक वर्षमा ८ खर्ब ६९ अर्ब कर उठाउने लक्ष्य राखेको छ । पहिलो त्रैमासमा (जुलाई–डिसेम्बर) करिब ४७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने आर्थिक वर्षको अन्त्यसम्म करिब ९७० अर्ब रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।

पाकिस्तानी पत्रिका डनले सोमबार प्रकाशित गरेको रिपोर्टका अनुसार कमजोर गठबन्धन सरकार र र चुनावी धाँधलीको आरोपबाट सिर्जना भएको राजनीतिक अस्थिरता तथा वित्तीय सुदृढीकरण र सुधार पाकिस्तानका सबैभन्दा ठूलो चुनौती हो।

वासिङ्टनस्थित इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्स (आईआईएफ)लाई उद्धृत गर्दै प्रकाशित साे प्रतिवेदनमा पाकिस्तानमा भयावह आर्थिक संकटको बीचमा यसलाई सबैभन्दा ठूलो चुनौतीको रूपमा लिइएको छ ।

आईआईएफ विश्वका ठूला वाणिज्य - लगानी बैंकहरू, बीमा कम्पनीहरू र लगानी फर्महरू लगायत वित्तीय संस्थाहरूको विश्वव्यापी संस्था हो। यो विशेष महत्वको क्षेत्र भएकाले सबैभन्दा ठूलो चुनौती वित्तीय सुदृढीकरण हुने आईआईएफले बतायाे।

पाकिस्तानको गरिबी

मुलुकको विदेशी मुद्रा सञ्चिति हाल ८ बिलियन डलर रहेको छ, जुन करिब डेढ महिनाको वस्तु आयात बराबर हो । देशसँग कम्तिमा ३ महिनाको सामान आयात गर्न सक्ने रकम हुनुपर्छ ।

पाकिस्तानको जीडीपी २०२४ मा २.१ प्रतिशत मात्रै बढ्ने सम्भावना छ। कमजोर सरकार सत्तामा आयो भने यो वृद्धिदर अझै घट्न सक्छ । अहिले एक डलरको मूल्य २७६ पाकिस्तानी रुपैयाँ बराबर छ।

इमरान खानले सन् २०२२ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । पाकिस्तानमा राजनीतिक उथलपुथलको अवस्था थियो । जसका कारण ४ महिनामा पाकिस्तानी मुद्रा डलरको तुलनामा ३० रुपैयाँले घटेको छ । जनवरी २०२२ मा १ डलरको तुलनामा पाकिस्तानी रुपैयाँको मूल्य १७४ थियो, जुन मे महिनामा बढेर २०४ पुगेको थियो। यसबाट स्पष्ट हुन्छ कि यदि पाकिस्तानमा फेरि राजनीतिक अस्थिरता भयो भने त्यसले त्यहाँको मुद्रालाई असर गर्छ ।

आईएमएफबाट ऋण नदिए पाकिस्तान डिफल्टर हुने

घट्दो विदेशी मुद्रा सञ्चितिको बीचमा पाकिस्तानले आगामी २ महिनामा एक बिलियन डलर ऋण तिर्न पर्ने भएको छ । एकातिर ऋण फुकुवा गर्न दबाब छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफबाट ३ बिलियन डलर ऋण लिने समयसीमा पनि २०२४ अप्रिल १२ मा सकिन लागेको छ । ऋण नआए देश टाट पल्टिन सक्छ ।

प्रधानमन्त्री र राष्ट्रपतिले तलब नलिने

पाकिस्तानकाे आर्थिक अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहबाज शरीफ, राष्ट्रपति आसिफ अली जरदारी र क्याबिनेट मन्त्रीहरूले यस कार्यकालका लागि आफ्नो तलब नलिने निर्णय गरेका छन्।

मार्च १३ मा जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले आफ्नो X खातामा लेख्याे, "राष्ट्रपति जरदारीले आफ्नो कार्यकालमा देशलाई सहयोग गर्न कुनै तलब लिने छैनन्। उनले वित्तीय व्यवस्थापन र राष्ट्रिय राजस्वमा भार नपार्ने निर्णय गरेका छन् ।"

अस्थिर राजनीतिका कारण जोखिम बढ्ने निश्चित

आईआईएफका अनुसार अशान्ति र अस्थिर राजनीतिका कारण पाकिस्तानले सामना गर्ने जोखिम निश्चित छ। निर्वाचनको समयमा सेल्युलर सेवा ठप्प, नतिजा प्रकाशनमा ढिलाइ, व्यापक विरोध प्रदर्शन, घातक बम विष्फोटका कारण पाकिस्तानमा तनाव बढेको डनले जनाएको छ । उक्त पत्रिकाका अनुसार जोखिम अझै बढ्ने निश्चित छ ।

एजेन्सी ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।