रिडी पावरको हकप्रद शेयर बाँडफाँट, ११ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद लिलाम बिक्री गर्दै

Apr 04, 2024 06:30 AM Merolagani



रिडी पावर कम्पनी (RIDI) ले चैत २० गते, मंगलबार हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिशेयर अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका थिए। सोही अनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकभन्दा बढी शेयर माग गरी दरखास्त दिएका आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याका लागि कुनै हद तोकिएको छैन।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।