प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Apr 07, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७३ अंक घटेर २००४.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९९ अंक बढेर २००९.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५३ रहेको छ।

आइतबार प्रि ओपन सेसनमा ४२ स्टकको ९ लाख ८८ हजार ६८ रुपैयाँ ५० पैसाबराबरको १ हजार ५९० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।