महिन्द्रा इलेक्ट्रिककाे बिर्तामोडदेखि काँकरभित्तासम्मको तिन पाँग्रे अटो ट्रियो र्याली भव्य रुपमा सम्पन्न

Apr 09, 2024 12:09 PM Merolagani



महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगतै छोटो समयमा नै इलेक्ट्रिक अटोलाई नेपाली बजारमा सफलतापूर्वक विक्री गर्दै आइरहेको छ।

इलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहान गर्नको लागि महिन्द्राको इलेक्ट्रिक तीन पाँग्रे अटो– ट्रियोद्वारा चैत २३ गते विहान ८ दखि दिउँसो ३ः३० बजेसम्म बिर्तामोड देखि काकड भिट्टासम्म, ट्रियो र्याली आयोजना गरिएको छ । उक्त र्याली बिर्तामोडबाटसुरु भई बुट्टाबारी – चराली – धुलाबारी हुँदै काक्डभिट्टासम्म पुगेर पुनः बुधबारे –जयपुर – सनिश्चरे– सुरुङ्गा हुँदै बिर्तामोड आई औपचारिक कार्यक्रमका साथ समापन भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रहरी नायव निरीक्षक पुर्ण गौतमले गरेका थिए भने प्रमुख अतिथिका रुपमा उद्योग बाणिज्य महासंघका महासचिव कुसल खतिवडा, महिन्द्रा लास्ट माइल, भारतका प्रतिनिधि चन्दन गुप्ता, ३० जना ट्रियो चालकहरु लगायत स्थानिय र अग्नि ग्रुपका प्रतिनिधिहरुको समेत उपस्थिति भएका थियो । अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेता एभरेष्ट अटो ट्रेड प्रा. लि.ले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरिएको थियो भने आयश्रोतका लागि विद्युतीय अटो छनोट गरेको र वातावरण जोगाउन सहयोग गरेको कार्यलाइ धन्यवाद दिँदै सम्पूर्ण उपस्थित चालकहरुलाइ प्रशंसा पत्र समेत वितरण गरेको थियो ।

उक्त कार्यक्रममा अग्नि ग्रुपले चालकहरुसँग प्रत्यक्ष रुपमा महिन्द्रा ईलेक्ट्रिक तिन पाँग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री र सेवाको विकास र विस्तार गर्ने बारेमा छलफल गरेको थियो । सोहि अवसरमा एभरेष्ट अटो ट्रेड प्रा. लि.ले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्राइओ हस्तान्तरण गरेको थियो ।

विद्युतीय ट्रियो अटो र्यालीले समुदायलाई विद्युतीय सवारीसाधनबारे प्रत्यक्ष रूपमा हेर्न र अनुभव गने अवसर समेत प्रदान गरेको थियो। र्याली समयावधिमा उक्त बाटोबाट यात्रा गर्ने इच्छुक यात्रुहरुलाई ट्रियोको निःशुल्क सवारीको सुविधा समेत उपलब्ध गराईएको थियो।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।