प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Apr 10, 2024 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.१९ अंक बढेर २०३६.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०९ अंक बढेर २०३८.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४१ स्टकको १८ लाख ५१ हजार १५२ रुपैयाँबराबरको ३ हजार ६८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

प्रधानमन्त्रीको चेतावनीलाई लत्याउँदै गृहमन्त्री लामिछानेको आदेशमा कैलाश सिरोहिया पक्राउः लामिछाने भर्सेस कैलास सिरोहियाको लडाई वारपारको चरणमा

May 21, 2024 07:29 PM

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न लागेको सूचना पाए पछि प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो गृहमन्त्री रवि लामिछानेलाई आवेशमा आएर ‘त्यसो नगर्न’ चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीलाई समेत थाहा नदिई सिरोहियालाई पक्राउ गर्ने तयारी गरिरहेका लामिछानेको आदेशमा त्यस अगाडि नै प्रहरीले सिरोहियालाई पक्राउ गर्नको लागि अदालतबाट अनुमति लिइसकेको थियो ।