इरान र इजरायल द्वन्द्वकाे प्रभावः कच्चा तेलकाे मूल्य बढ्न सक्ने अनुमान, शेयर बजारमा गिरावट

Apr 15, 2024 02:07 PM Merolagani

इरानले इजरायलमाथि गरेको जवाफी आक्रमणपछि कच्चा तेलकाे मूल्य बढ्न सक्ने अनुमान गरिएकाे छ। अन्तर्राष्ट्रिय बजारमा तेलकाे प्रमुख बेन्चमार्क ब्रेन्ट क्रुडकाे मूल्य गत साताकाे अन्त्यमा केहि घटेपनि सोमबार बिहान प्रति ब्यारेल करिब ९० डलर पुगेकाे थियाे।

 

कच्चा तेलकाे मूल्य इरानले हमला गर्ने अनुमानमा पहिले नै बढेको थियो। गत साता ब्रेन्ट क्रुडकाे मूल्य ६ महिनायताकै उच्चस्तर नजिक पुगेको थियो।

यद्यपि, याे समाचार तयार पार्दासम्म कच्चा तेलकाे मूल्य ९० डलरभन्दा मुनि काराेबार भइरहेकाे छ। अहिले ब्रेन्ट क्रुडकाे मूल्य ९६ सेन्टले घटेर ८९ डलर बराबरमा खरिदबिक्री भइरहेकाे छ। यद्धका कारण तेलकाे भाउमा अस्थिरता देखिएकाे छ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले इरानसँगको भिडन्त अझै नसकिएको बताएका छन्। कच्चा तेल बजारले याे बिन्दुमा थप आपूर्ति खतरामा रहन अन्य कुनै कारकको आवश्यकता नरहेकाे विश्लेषकहरूले बताइरहेका छन् ।

यतिबेला केहि विश्लेषकले ब्रेन्ट क्रुडको मूल्य ९० डलरभन्दा तल जान सक्ने अनुमान गरेका छन्। तर व्यापारीहरुले गाजा र युक्रेनमा भइरहेकाे द्वन्द्वसँग सम्बन्धित जोखिमहरुका बारेमा केन्द्रित भइ ठूलो गिरावट भने सम्भव नरहेकाे पनि आंकलन गरेका छन्।

विश्लेषकहरूले आक्रमणप्रति इजरायलको प्रतिक्रिया, आगामी दिन र साताहरूमा विश्वव्यापी बजारका लागि निकै महत्वपूर्ण हुने पनि बताएका छन्।

बीबीसीका अनुसार ऊर्जा बजार अस्थिर हुने विश्लेषकहरूले प्रक्षेपण गरेका छन्। यसका साथै इजरायलले इरानको कदमलाई कडा प्रतिक्रिया दिएमा तेलको मूल्य बढ्ने अनुमान पनि उनीहरूले गरेका छन्। अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्र्राटजिक एण्ड इन्टरनेशनल स्टडीजका अनुसार २ देशबीचकाे तनाव कम नभएमा तेलकाे मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्नेछ।

यद्यपि, केहि व्यापारीहरूले भने थप जानकारी नभएसम्म बजारले साइडवेज काराेबार हुने बताएका छन्। दुर्भाग्यवश मध्य पूर्वमा यो अवस्था केही समयदेखि चलिरहेको र लामो समयसम्म भू-राजनीतिक तनाव बढिरहेकाले व्यापारीहरू यतिबेला 'पर्ख र हेर' काे अवस्थामा रहेका छन्। 

के नेपालमा तेलको मूल्य प्रभावित हुनेछ?

नेपाल कच्चा तेलमा छिमेकी राष्ट्र भारतसँग नै निर्भर रहेकाे छ। भारतमा तेलकाे मूल्य वृद्धि वा गिरावट हुँदा स्वत यसकाे प्रभाव नेपालमा पर्ने गरेकाे छ।

कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरु बताउँछन्। तर, भारतमा निर्वाचनका कारण भारतीय सरकारले तेलको मूल्यवृद्धिलाई केही समयका लागि रोक्न सक्नेछ। अहिले भारतले इरानबाट तेल खरिद गरेर आपूर्ति गरिरहेकाे थियाे। भारतले इरानबाट तेल खरिद गर्ने विषयमा चीनलाई पनि पछि पारेकाे थियाे।

भारतमा पछिल्लो २ वर्षदेखि पेट्रोल र डिजेलको मूल्यमा खासै भिन्नता आएको छैन। २०२४ काे मार्चमा हुने लोकसभा चुनावका कारण सरकारी तेल कम्पनीहरूले तेलको मूल्य घटाएका छन्। तेलको भाउ अझै घट्ने सम्भावना थियो तर मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विगत ४ महिनाको उच्च विन्दुमा पुगेको थियो। साेहि तनावका कारण कच्चा तेलकाे मूल्य थप बढ्न सक्ने अनुमान गरिएकाे छ।

यस्तो अवस्थामा नेपालमा पनि मूल्यमा कुनै गिरावट नहुने सम्भावना छ।

शेयर एशियाली शेयर बजारमा गिरावट, सुनकाे मूल्य बढ्दै

एशिया-प्यासिफिक क्षेत्रको शेयर बजार सोमबार ओरालो लागेकाे छ। इरान र इजरायलबीचकाे तनावका कारण लगानीकर्ताहरू केहि त्रसित भएका कारण शेयर बजारमा यसकाे प्रभाव परेकाे हाे।

आज हङकङको ह्याङ सेङ, जापानको निक्की २२५ र दक्षिण कोरियाको कोस्पीमा गिरावट देखिएकाे छ । तर चीनको सांघाई स्टक एक्सचेन्ज कम्पोजिट १ प्रतिशत भन्दा बढीले वृद्धि भएकाे छ।

भारतीय शेयर बजारमा पनि इरान र इजरायलबीचकाे द्वन्द्वकाे असर देखिएकाे छ। साेमबार साे बजारमा गिरावट देखिएकाे छ। सेन्सेक्स ५०० अंक भन्दा धेरैले घटेर ७३,७०० विन्दुमा झरेकाे छ। निफ्टी पनि १५ अंकले घटेर २२,३५० काे स्तरमा काराेबार भइरहेकाे छ।

अर्काेतर्फ, सुनको मूल्य बढेर कीर्तिमानी उचाइमा पुगेकाे छ। सुनकाे भाउ बढेर प्रति औंस २,४०० डलरमा काराेबार भइरहेकाे छ। सुनलाई प्रायः अनिश्चितताको समयमा सुरक्षित लगानीको रूपमा लिइन्छ। जसकारण यो सप्ताहन्तमा सुनकाे भाउ थप बढेकाे हाे।

इरानले किन इजरायलमाथि आक्रमण गर्यो ?

अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको बदला लिने वाचा गरेपछि इरानले साताकाे अन्त्यमा इजरायलतर्फ ड्रोन र मिसाइल प्रहार गरेको थियो।

हालसम्म इजरायलले वाणिज्य दूतावासमा हमला गरेको स्विकारेकाे छैन तर यस हमलाका पछाडि इजरायलकै हात रहेकाे मानिएको छ।

गत साताको अन्त्यमा, ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ९२.१८ डलर छोएको थियो। जुन अक्टोबर यताकै उच्च हो । तर शुक्रबार यस कच्चा तेलकाे मूल्य फेरि घटेर ९०.४५ डलरमा बन्द भयाे।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौं ठूलो तेल उत्पादक हो र ओपेक तेल उत्पादकहरूको कार्टेलको तेस्रो ठूलो सदस्य हो।

तेलको मूल्य थप बढ्नुमा होर्मुज स्ट्रेटबाट ढुवानी प्रभावित हुने वा नहुने नै मुख्य मुद्दा रहेकाे विश्लेषकहरूले बताइरहेका छन् ।

ओमान र इरानको बीचमा रहेको स्ट्रेट एक महत्त्वपूर्ण ढुवानी मार्ग हो । किनकि विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत यहिँ मार्ग भएर जान्छ। ओपेकका सदस्य साउदी अरेबिया, इरान, युएई, कुवेत र इराकले अधिकांश तेल स्ट्रेटबाट पठाउँछन्।

शनिबार, इरानले स्ट्रेट अफ हर्मुज हुँदै इजरायलसँग जाेडिएको एक व्यावसायिक जहाज कब्जा गरेको थियो।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।