रिडी पावरको लिलामी शेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिने

Apr 21, 2024 06:09 AM Merolagani



रिडी पावर कम्पनी (RIDI) ले चैत २९ गतेदेखि बिक्री खुला गरेको लिलामी शेयरमा आज (बैशाख ९ गते) सम्म बोलपत्र पेश गर्न सकिनेछ। अर्थात सो शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ बराबर ०.५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरेको थियो। सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम संख्याका लागि कुनै हद तोकिएको छैन।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।