उनी आफ्नो नीजी विमानमा आइपुगेका हुन् । कतारका राजा लिन राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा नै पुगेका थिए । उनकाे स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिने भएको छ ।
राजा थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका हुन् । अब राष्ट्रपति पौडेलसँग उनकाे शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी, होटल सोल्टीमा आज उनका लागि राष्ट्रपतिद्वारा रात्रीभोज आयोजना गरिएकाे छ ।
यस्तै, भाेलि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग राजा थानीकाे द्विपक्षीय भेटवार्ता गहुने तय भएकाे छ । उनी बुधबार बेलुकी नै कतार फर्किने भएका हुन् ।
राजा थानी आइतबार कतारबाट एसियाली देशहरूको भ्रमणमा निस्केका थिए । उनी बंगलादेशबाट नेपाल आइपुगेका हुन्।