राष्ट्रपति पौडेलसँग कतारका राजाकाे भेटवार्ता, राष्ट्रपतिद्वारा हाेटल साेल्टीमा रात्रीभोज आयोजना

Apr 23, 2024 06:01 PM Merolagani

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएकाे छ । मंगलबार बेलुकी राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच छलफल भएकाे हाे ।

राष्ट्रपति पौडेलले कतारका राजालाई शीतल निवासमा स्वागत गरेका थिए । गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । यसैगरी,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत लगायत विशिष्ट पदाधिकारीहरु पनि छलफलमा उपस्थित रहेका थिए। द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धमा छलफल भएकाे हाे ।

होटल सोल्टीमा आज उनका लागि राष्ट्रपतिद्वारा रात्रीभोज आयोजना गरिएकाे छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।