शेयर बजारले लिन सकेन गति, लगानीकर्ता दोधारमा

Apr 24, 2024 03:17 PM Merolagani

शेयर बजारले गति लिन नसक्दा लगानीकर्ता दोधारमा देखिएका छन्। नेप्से सूचक १९६० को टेवा क्षेत्रबाट केहि सकारात्मक देखिएको भए पनि त्यसलाई निरन्तरता दिन नसक्दा लगानीकर्ता दोधारमा परेका छन्।

बुधबारको बजारमा सामान्य उतारचढाव देखिएको थियो तर बजारले लय समाउन भने सकेन। बुधबार नेप्से सूचक ०.१५ अंकले मात्रै बढेर सकारात्मक देखिएको छ। सूचक १९६९.१७ विन्दुमा नै रोकिएको छ। तर पनि लगानीकर्तामा बजार बढ्ने कन्फिडेन्स भने बढ्न सकेको छैन।

बुधबार २ अर्ब ५३ करोड रुपैयाँको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर कारोबार भएको छ। पछिल्लो समय कारोबार रकम पनि बढ्न सकेको छैन। बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको कारोबार हुँदा कारोबार रकम केहि बढेको देखिन्छ।

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ भने बैंकिंग र उत्पदन तथा प्रशोधन उपसमूहको सूचक पनि सकारात्मक देखिएको छ। बाँकी १० उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।
बुधबार पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशतले बढेको छ।

यता माइ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने महिला लघुवित्तको ३.८४ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ३.३९ प्रतिशतले घटेको छ।

बुधबार पोखरा फाइनान्सको सबैभन्दा धेरै १४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको ८ करोड ४० लाख र नेपाल फाइनान्सको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।