जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा ५ दशमलब ११ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
तेस्रो त्रैमासम्म १४ मध्ये तीन वटा बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा खस्किएको छ भने बाँकी ११ वटा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् ।
चैत मसान्तसम्म सबैभन्दा बढी भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी सर्वाधिक व्यवसाय गर्ने कम्पनी बनेको छ ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले १२ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यता एलआइसी नेपालले पनि १२ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम उठाएर तेस्रो स्थान कायम गर्न सफल भएको छ ।
यसका साथै हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, सुर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ५२ करोड, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४ अर्ब २७ करोड, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब २४ करोड, मेट लाइफ इन्स्योरेन्सले ४ अर्ब १३ करोड, आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब २९ करोड, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ९८ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
गत आवको तुलनामा चालु आवमा सर्वाधिक व्यवसाय बढाउन नेशनल लाइफ इन्स्योरेन्स सफल भएको छ । गत वर्षको चैत मसान्तसम्म ११ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम उठाएको नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको यस अवधिसम्म १३.४१ प्रतिशतले बढाएर १२ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११.७४ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ११.५० प्रतिशत, आइएमई लाइफ इन्स्योरेन्सको १०.१९ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८.८१ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको ८.७३ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ८.०४ प्रतिशत, मेट लाइफ इन्स्योरेन्सको ६.६२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको ५.६५ प्रतिशत, सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।