साना किसान विकास लघुवित्तको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन

May 06, 2024 01:28 PM Merolagani



कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने भोली अर्थात बैशाख २५ गते, मंगलबार अन्तिम दिन रहेको छ।

बैंकले लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर चैत २१ गतेदेखि लिलाम बिक्रीमा ल्याएको थियो। सो शेयरमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ। सो मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएका बोलपत्रहरु स्वतः रद्द हुनेछन्। शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सो शेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि बिक्री प्रबन्धकका साथै साना किसान विकास लघुवित्तका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।