एक अर्ब नाघ्यो तारागाउँ रिजेन्सी होटलको सञ्चालन आम्दानी, खुद नाफा कति?

May 09, 2024 07:01 AM Merolagani



तारागाउँ रिजेन्सी होटल्स (TRH) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको यस्तो आम्दानी ९० करोड ६१ लाख रुपैयाँ थियो।

  आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा होटलको अन्य आम्दानी १९.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.२५ प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रुपैयाँ ७७ पैसा बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।