चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी २९.०२ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३०.४२ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ६२.३८ प्रतिशत बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७.२५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४३.०३ गुणा रहेको छ।
५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ।
