तारागाउँ रिजेन्सीको नाफामा सामान्य सुधार

May 14, 2025 12:06 PM Merolagani



तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(TRH) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार होटलको नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म होटलले ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिकाे तुलनामा १.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । होटलको सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार भएको हो ।

समीक्षा अवधिमा होटलले एक अर्ब ८ करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । होटलको सञ्चालन आम्दानी ७.२५ प्रतिशतले बढी हो । गत वर्ष होटलले एक अर्ब सञ्चालन अम्दानी गरेको थियो ।

एक अर्ब ९६ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा हहोटलको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २० पैसा छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५९ पैसा छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।