व्यवसायिक वृद्धिसँगै सोल्टी होटलको नाफा बढ्यो

May 13, 2025 10:58 AM Merolagani



सोल्टी होटल लिमिटेड (SHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार होटलको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा १३.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

होटलको व्यवसायिक आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि हुँदा नाफामा वृद्धि भएको हो । यस अवधिमा कम्पनीको व्यवसायिक आम्दानी १२.४८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ पुगेकाे छ । साथै होटलको सञ्चालन आम्दानी ५९ करोड १७ लाख रुपैयाँ छ । कम्पनीको सञ्चालन नाफा १५.४१ प्रतिशतले बढेको हो ।

एक अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा एक अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार होटलको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा छ भने प्रतिशेयर नेटवर्थ दुइ हजार ५०० रुपैयाँ १७ पैसा छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।