नेपाल इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढ्यो

May 12, 2024 10:08 AM Merolagani



नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १.४९ प्रतिशत घटेको छ भने कुल आम्दानी ६५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २१.६० प्रतिशत र कुल खर्च २४.३० प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २२ रुपैयाँ ५७ पैसा बढेर ४९ रुपैयाँ ८२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.७४ गुणा रहेको छ।

१ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ३३ करोड रुपैयाँ, महाविपत्ती जगेडामा ९ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २७ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड २९ लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।