हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो, खुद बीमाशुल्क सामान्य बढ्यो

May 12, 2024 02:30 PM Merolagani



हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २५.९० प्रतिशत बढेको छ भने कुल आम्दानी ६४.४१ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २.१५ प्रतिशत र कुल खर्च १५.४३ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १८ रुपैयाँ ९८ पैसा बढेर ३२ रुपैयाँ २७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १८.२७ गुणा र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको छ।

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।