खर्च बढेपछि नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घट्यो

May 05, 2025 10:17 AM Merolagani



नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (NMIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६०५.७४ प्रतिशत बढेको छ भने कुल आम्दानी १३०.७५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशत र कुल खर्च १४६.२९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१६९ गुणा रहेको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ती कोषमा २ लाख ६७ हजार रुपैयाँ रिटेन्ड अर्निङ्गमा २२ लाख ८ हजार रुपैयाँ र अन्य इक्विटीमा १८ हजार रुपैयाँ सञ्चित छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।