अरुण भ्याली हाईड्रोपावरको नाफामा किन भयो भारि गिरावट ?

May 12, 2024 10:16 AM Merolagani



अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले खुद नाफामा भारि संकुचन भएको वित्तीय विवरण सार्वजनिक गरको हो ।

 

यस अवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५ करोड ८६ लाख ७३ हजार रुपैयाँ घटेको हो। गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ४४ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड एक लाख रुपैयाँमा आम्दानी गरेकाे छ। यो गत वर्षको यसै अवधिको तुलनामा १६ करोड ३४ लाख रुपैयाँले घटेको हो। गत वर्ष कम्पनीले २२ करोड ३५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

विद्युत बिक्री घटेसँगै कम्पनीको खुद नाफामा ह्रास आएको देखिन्छ।

यस अवधिमा कम्पनीको कुल खर्च २१ करोड ८३ लाख रुपैयाँ रहेकाे छ। जसमा प्रशासनिक खर्च २९ लाख रुपैयाँ, वित्तीय खर्च १४ करोड ८५ लाख र ह्रासकट्टी खर्च ६ करोड ४९ लाख रुपैयाँ रहेकाे छ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी एक अर्ब ८६ करोड ७९ लाख रुपैयाँ कायम छ। सार्वजनिक भएको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१ पैसा रहेकाे छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा कायम भएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।