नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने बढ्यो

May 13, 2024 05:35 AM Merolagani



नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेपनि कर खर्च घटेका कारण खुद नाफामा सामान्य सुधार देखिएको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत घटेको छ भने कुल आम्दानी ६.०३ प्रतिशत घटेको छ। सो अवधिमा कम्पनीको वित्तीय खर्च ६६.८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।