चालु आर्थिक वर्षको चैत अन्त्यसम्ममा कम्पनी ६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १४ करोड २ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नोक्सानी घटेको हो ।
यस अवधिमा कम्पनीले दुई करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २८५.०५ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ६३ लाख रुपैयाँमा मात्रै सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको कुल आम्दानी २६८ प्रतिशतले बढेर दुई करोड ४४ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीको वित्तीय खर्च तीन करोड ६६ लाख रुपैयाँ छ ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ १० पैसाले नोक्सानीमा छ । प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ११ पैसा छ । कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ ।
