सुन र चाँदीको मूल्यले एकपछि अर्को रेकर्ड ब्रेक गर्दै, कतिमा हुँदैछ कारोबार ?

May 20, 2024 11:13 AM Merolagani




सुन र चाँदीको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले ऐतिहासिक उचाइ बनाएको हो । सोमबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाकै एक लाख ४१ हजार ८०० रुपैयाँ पुगेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले आईतबारको रेकर्डलाई ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।

अमेरिकी रिजर्भ बैंक (फेड) ले लिएको नीतिगत कारणले गर्दा सुनकाे मुल्यमा चाप परेको बताइएको छ ।

C5#साताको दाेस्राे दिन, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा नै ३० रुपैयाँले महंगिएको हो । यतिबेला चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किन बेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भएको थियो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।