बटम लाइनबाट शेयर बजार ८% बढ्यो, पहिलो टार्गेट १०% त्यसपछि २०%, विकास बैंक र फाइनान्स एक्युमुलेट हुँदै

May 21, 2024 03:17 PM merolagani

सुवास निरौला

बटम लाइनबाट शेयर बजार ८.२ प्रतिशत बढेको छ। गत वैशाख २४ गते शेयर बजारको कारोबार मापक सूचक नेप्से १९५८.७५ अंकमा रहेको थियो।

त्यस यता मङ्गलवारसम्म सूचक २११५.९४ अंकमा पुगेको छ। यस बीचमा बजारले १५७.१९ अंकको फड्को मारिसकेको छ। जुन ८.२ प्रतिशतको वृद्धि हो। बजार बिस्तारै माथिल्लो बिन्दु उन्मुख छ। जति जति बजार माथि उक्लिँदै गइरहेको छ। त्यति त्यति नै कारोबार रकम समेत बढ्दै गइरहेको छ। साताको पहिलो दिन पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब अर्ब ८५ करोडको शेयर किनबेच भयो भने मङ्गलवार पाँच अर्ब २० करोडको शेयर किनबेच भयो। बढ्दो कारोबार रकमले लगानीकर्तामा कन्फिडेन्स बढ्दै गएको पुष्टि गर्छ। लगानीकर्तामा बढ्दै गएको कन्फिडेन्सले समग्र सूचकलाई १० प्रतिशतको वृद्धि उन्मुख गरिरहेको छ। बढ्दो बजारले सुरुवाती दिनहरूमा १० प्रतिशतको वृद्धि कायम गर्न  अलि धेरै समय लगाउने गर्छ। १० प्रतिशतको वृद्धि पछि भने बजार २० प्रतिशतको वृद्धि उन्मुख हुने गर्छ। जुन निक्कै तीव्र गतिमा हुने गरेको पछिल्लो कारोबार विवरणहरूले प्रमाणित गर्छन्। बजार २० प्रतिशत माथि जानु भनेको बुलिस ट्रेन्ड उन्मुख हुनु हो। बजार बुलिस ट्रेन्डमा प्रवेश गरेपछि भने कहाँ गएर रोकिन्छ। त्यो बजारले नै तय गर्छ।

दोस्रो बजारका जानकारहरूका अनुसार अहिले बढ्दै गएको कारोबार रकमले बजारलाई बलियो दिशा दिने बताएका छन्। किनकि नेप्से सूचकले २१ सयको बिन्दु पार नगर्दै पाँच अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुन थालिसकेको छ। जानकारहरूका अनुसार जति जति बजार बढ्दै जान्छ। बढेको बजारलाई कारोबार रकमले समेत सपोर्ट गर्दै जानु पर्ने हुन्छ। त्यसो भयो भने बढेको बजारमा शेयर खपत हुँदै गएको मानिन्छ। जति जति बढी शेयर खपत हुँदै जान्छ। त्यति त्यति शेयर बजारमा पैसा घुम्न सुरु गर्छ। बजार बढ्ने तर कारोबार रकम नबढ्ने स्थिति भयो भने बजारले सप्लाई थेग्न सक्दैन। र बजार टिकाउ हुँदैन। तर अहिले बढ्दै गइरहेको बजारमा कारोबार रकमले समेत साथ दिएको हुँदा बजार १० प्रतिशतको वृद्धि उन्मुख देखिन्छ।

शेयर बजारमा अहिले सबैभन्दा धेरै विकास बैंक र फाइनान्स कम्पनीको शेयर लगानीकर्ताहरूले एक्युमुलेट गरिरहेका छन्। किनकि अरू समूहका शेयर यस अघि नै केही प्रतिशतले बढी सकेको कारण लगानीकर्ताले विकास बैंक र फाइनान्स कम्पनीका शेयर बटुलिरहेको बजारमा भेटिएका लगानीकर्ता बताउँछन्। दैनिक शेयर कारोबारको लागि छुट्टा छुट्टै ब्रोकर कम्पनी धाउने केही लगानीकर्तासँग लिएको प्रतिक्रियामा उनीहरूले सो कुरा जाहेर गरेका हुन्। उनीहरूका अनुसार तुलनात्मक रुपमा विकास बैंक र फाइनान्स कम्पनीका शेयर मूल्य सस्ता छन्। अर्को तर्फ उनीहरूको चुक्ता पूँजी पनि तुलनात्मक रुपमा वाणिज्य बैंकहरु भन्दा सस्तो रहेकोले उनीहरूले विकास बैंक र फाइनान्समा आँखा लगाएका हुन्।

दोस्रो बजार बढ्दो लयमा जाँदा सेक्टर वाइज बढ्दै अघि बढ्ने गर्छ। त्यस क्रममा लघुवित्तहरू एक चरण अघि बढी सकेका छन्। दुई महिनाको अन्तरालमै केही लघुवित्त कम्पनीको शेयर मूल्य दोब्बर भएका छन् भने बिमा कम्पनीमा पनि केही दिनदेखि आकर्षण छ। त्यस आधारमा एक महिना यता विकास बैंक र फाइनान्स कम्पनी चलेका छैनन्। लगानीकर्ताहरूले शेयर एक्युमुलेट गरिरहेकोले ती क्षेत्रको शेयर नचलेको उनीहरूको तर्क छ।

लगानीकर्ताहरूले शेयर बजारमा आ-आफ्नै रणनीति अनुसार लगानी गर्ने गर्छन्। जसमा शेयर एक्युमुलेट पनि एक रणनीति नै हो। बजार नचलेको, घटेको र मूल्य स्थिर रहेको बेला सबैभन्दा बढी लगानीकर्ताले एक्युमुलेट गर्ने गर्छन्। अर्को तर्फ बैंक बाट ऋण लिनेहरूले पनि एक सय ८० दिनको औसत मूल्यमा कम्तीमा पनि ६५ प्रतिशत नभए ७० प्रतिशत नै रकम आउने शेयरलाई बढी प्राथमिकता दिन्छन्। त्यस्ता कम्पनीको शेयर किन्दा चाडै बढ्ने सम्भावना धेरै हुन्छ। जसले गर्दा पनि अहिले एक सय ८० दिनको औसत मूल्यको आधारमा पनि विकास बैंक र फाइनान्सको शेयर किन्दा बैकबाट बढी ऋण पाउने सम्भावना छ। सोही कारण उनीहरूले विकास बैंक र फाइनान्स रोजिरहेको बताइएको छ। 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।