राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ‘सर्टलिस्टेड’ ५ जनाको अन्तरवार्ता आज

May 22, 2024 06:20 AM Merolagani



राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ‘सर्टलिस्ट’ भएका ५ जनाको अन्तरवार्ता आज (जेठ ९ गते) बुधबार हुँदैछ। सीईओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो।

सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको ५ जनाको नाम छनोट भएसँगै व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि उनीहरूलाई बोलाइएको हो। आज उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिनेछन्।

सीईओका लागि सर्टलिस्टमा पर्नेहरूमा नेपाल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बैंककै बहालवाला नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी छन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।