नेपालले खपत गरेर बाँकी रहेको विजुली बंगलादेश निर्यात गरिने

May 28, 2024 04:17 PM Merolagani



आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको विजुली बंगलादेश निर्यात गर्ने सरकारले घाेषणा गरेकाे छ । मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले यस्ताे बताएका हुन् ।

सरकारले ९०० मेगावाट विद्युुत थपेर राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनका अनुसार प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्याइनेछ । यसका साथै, विद्युत प्रसारण लाइन विस्तारमा निजी क्षेत्रको पनि सहभागी गराइने पनि बजेटमा उल्लेख गरिएकाे छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।