अमेरिकाले ५० प्रतिशत कर लगाउने भएपछि भारतीय शेयर बजारमा भुईचालो

Aug 26, 2025 06:21 PM mero lagani



भारत र अमेरिकाबीचको व्यापार युद्ध उत्कर्षतर्फ पुग्न लागिरहेको बेला भारतीय शेयर बजारमा प्रतिकूल असर देखिएको छ । अमेरिकाले भारतीय उत्पादनमाथि ५० प्रतिशत कर लिने नीति लागु गर्नु अघिल्लो दिन मंगलबार भारतको शेयर बजारमा ठूलो गिरावट आएको छ ।

भारतीय शेयर बजारको सूचंकाकहरुमध्ये स्टक एक्सचेन्ज सेन्सेटिभ इण्डेक्स (सेन्सेक्स) ८४९.३७ अंकले घटेर ८०७८६.५४ मा बन्द भयो । त्यस्तै अर्काे स्टक सूचकांक नेशनल स्टक एक्सचेन्ज फिप्टी (नेप्टी) २५५.७० अंक घटेर २४७१३.०५ विन्दुमा बन्द भयो ।

गणेश चतुर्थीको कारण बुधबार भारतीय शेयर बजार बन्द हुनेछ । त्यसैले बिहीवार कारोबार हुँदा कस्तो अवस्था हुनेछ भन्ने लगानीकर्ताहरु शसंकित भएका छन् ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।