आईतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक बढेको छ । यस दिन २४७ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर चार अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरमा शेयर खरिद बिक्री भएको छ ।
आइतवारकाे बजारमा दुईवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन मल्टिर्पपस फाइनान्स र मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै,यसदिन कालिन्चोक दर्शन कम्पनीको शेयर मूल्य ८.८५ प्रतिशतले, अपर सोलु हाईड्रो कम्पनीकमे शेयर ८.४८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आईतबारको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको शेयर मूल्य ९.१३ प्रतिशतले घटेको हो । युनिलिभर नेपालको शेयरमूल्य ७.८८ प्रतिशतले घटेर बन्द भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्सको शेयर सबैभन्दा धेरै भएको छ । सो फाइनान्सको यस दिन २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो । पोखरा फाइनान्स कम्पनीको शेयर १८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यसदिन व्यापावर उपसमुहको परिसूचक सर्वाधिक बढेको छ । यस उपसमूहको परिसूचक ६.५६ प्रतिशतले बढेको हो । फाइनान्स २.१७ प्रतिशतल बैंकिङ र हाईड्रोपार उपसमुहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढेको हो । त्यस्तै क्रमशः अन्य, निर्जीवन बीमा, लघुवित्त,जीवन बीमा,होटल तथा टुरिज्म र विकास बैंक उपसमूहको परिसूचक सकारात्मक भएर बन्द भएको हो ।
आजको बजारमा लागनी,उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्डको परिसूचक नकारात्मक भएर बन्द भएको हो ।