प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Jun 06, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.५८ अंक घटेर २०७९.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८४ अंक बढेर २०८०.५५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३७ स्टकको ४६ पटकको कारोबारमा ६ लाख ४७ हजार ८७१ रुपैयाँ ६० पैसाबराबरको १ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।