सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक बढ्यो? कुनको घट्यो?

Jun 08, 2024 06:20 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन २०६९.५३ विन्दुमा बन्द भएको नेप्से, यस साता ८.२५ अंक बढेर २०७७.७८ विन्दुमा पुगेको छ।

यस साता पाँचै कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो। यस साताको आइतबार र मंगलबार नेप्से बढेको थियो। अन्य दिनहरुमा नेप्से सामान्य अंक घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक बढेको छ।

नेप्से बढेपनि यस साता दैनिक औषत कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता दैनिक औषतमा ४ अर्ब १६ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २.९४ प्रतिशत कम हो। यस साता दैनिक औषत शेयर संख्या १४.७३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ८.९१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ८६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८ अर्ब बढेर ३२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १०.३९ प्रतिशत बढेको छ। गत साता २७४९.२३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २८५.७५ अंक बढेर ३०३४.९८ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २९८.४४ अंक बढेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत घटेको छ। गत साता ६७४८.९५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९४.६५ अंक घटेर ६५५४.३० विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको कुल १९ लाख ६९ हजार ४१४.६३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता भगवती हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३ण्.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस साता ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य साढे २९ प्रतिशतभन्दा बढी बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर र लक्ष्मी लघुवित्तको शेयरमूल्य २० प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पोखरा फाइनान्सको शेयरमूल्य भने यस साता सर्वाधिक ११.२१ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता भगवती हाइड्रोपावर, नेपाल फाइनान्स, उपकार लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने चिलिमे हाइड्रोपावर, माण्डु हाइड्रोपावर, गणपति माइक्रोफाइनान्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।