टेवा क्षेत्रमा भिजन लुम्बिनी उर्जा, हेरौँ कम्पनी विश्लेषण

Jun 15, 2024 05:56 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ४.३८ प्रतिशत बढेको छ। गत साता २५०२.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १०९.६१ अंक बढेर २६१२.५१ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड (VLUCL)।

यस साता सो कम्पनीको शेयरमूल्य ४ रुपैयाँ बढेको छ। गत साता ५०८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ५१२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

टेवा क्षेत्रमा

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य टेवा क्षेत्रमा रहेको छ। हाल कम्पनीको टेवा क्षेत्र ४९५ देखि ५१५ सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा ५६६ देखि ५८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बुलिश रिभर्सलका संकेत

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश रिभर्सल मैनबत्ती हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ। यद्यपि, साताको अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले ती दिनहरुमा कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ५५ हजार ४१४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ३६ हजार ४३३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५०.१० प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। र यी दुबै रेखाहरु शून्य रेखाभन्दा माथि रहेका छन्। यस साता कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्त्यतिर एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई घट्दो छ।

खरिदचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिद चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ११ करोड ८० लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले हालसम्म व्यापारिक विद्युत उत्पादन सुरु गरेको छैन। यद्यपि, वित्तीय विवरण कम्पनीले आइएफआईआरआइसी १२ अनुसार १२ करोड ९५ लाख रुपैयाँ आम्दानी भएको देखाएको छ।

यस कम्पनी अन्तर्गतको सेतीनदी हाइड्रोइलेक्ट्रीक परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हालसम्म सो आयोजनाको ९८ प्रतिशत कम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
१ अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ करोड ६९ लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ १ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ६२.२१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.७१ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ९ अर्ब ७९ करोड २० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ५१२ रुपैयाँ ३४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६०८ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३६५ रुपैयाँ ३० पैसा रहेको छ।

ब्रोकर २२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर २२ ले कम्पनीको सबैभन्दा शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १६ हजार १५२ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ३४ ले कम्पनीको १५ हजार १११ कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ४८ ले कम्पनीको सर्वाधिक २४ हजार १४९ कित्ता शेयर बिक्री गरेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।