प्रि ओपन सेसन अपडेटः करिब ४ अंक बढ्यो नेप्से

Jun 16, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९.३२ अंक घटेर २११२.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७३ अंक बढेर २११६.०३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ४९ स्टकको ९० पटकको कारोबारमा ५६ लाख ७१ हजार ९३१ रुपैयाँ ४० पैसाबराबरको ७ हजार ३८० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।