नयाँ सरकार गठन गर्न कांग्रेस र एमाले सहमत, पहिला ओली प्रधानमन्त्री बन्ने

Jul 02, 2024 05:59 AM Merolagani

नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले सोमबार मध्यराती सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति अनुसार पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरिनेछ भने दोस्रो कार्यकालको नेतृत्व शेरबहादुर देउवाले गर्नेछन्। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने भएको छ। त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिइने भएको छ।

comments powered by Disqus

एसईईको परिक्षाफलमा देखाइएको तमासा, बिद्यार्थी हाेइनन् नन ग्रेड ल्याउने शिक्षामन्त्री,सचिव र हाकिमहरू हुन्

Jun 27, 2024 05:08 PM

बाबुराम ढकाल

विद्यालय शिक्षाको फलामे ढोका मानिने एसईईको परिक्षाफल प्रकाशित भयो । परिक्षा दिएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये २ लाख २२ हजार ४७२ अर्थात ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए ।